नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्यको लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 04:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् । 

ह्वावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्याउने सम्झौतामा उल्लेख छ । नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह र इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापनमा सहयोग पुर्याउन सम्झौता भएको ह्वावेले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसंग सहकार्य गर्न पाएकोमा उत्साह रहेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved