ग्लोबल आइएमई बैंकका २ शाखारहित बैंकिङ्ग सेवा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 03:45:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले एकसाथ दूई स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको साधुटार र खोटाङको जल्पामा शाखारहित बैंकिङ्ग सेवा थप गरेको हो । 

उक्त दुई सेवा सहित बैंकको शाखारहित बैंकिङ्गको संख्या २०३ पुगेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने जनाइएको छ । 

बैंकले २५७ शाखा, ३९ एक्सटेन्सन तथा राजश्व संकलनकाउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा, २३४ एटिएम र देश बाहिर ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved