एनआईसी एशिया बैंकको ‘लोन वेनिफिट क्याकुलेटर’ सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 04:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited  बैंकले सुपर चमत्कारिक कर्जा योजना (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) बाट पाईने फाइदा जाँच्नका लागि 'लोन वेनिफिट क्वाकुलेटर' सार्वजनिक गरेको छ । 

सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘Loan Benefit Calculator’ बाट हेर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । 

सो ‘लोन वेनिफिट क्याकुलेटर’ बाट ग्राहकहरुल अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । 

सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहक महानुभावहरूले यस बैंकको वेबसाइटमा गई लोन स्टाटससमेत आफै ट्रयाक गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved