एनआईसीमार्फत टाटाका गाडी किन्दा ६ महिना सम्मको किस्ता तिर्न नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 05:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको फाइनान्स पार्टन बनेको छ । बैंक र सिप्रदीबीच सम्झौता भएसँगै एनआईसी एशिया बैंक सिप्रदीको फाइनान्सिङ पार्टनर बनेको हो । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सिप्रदीको तर्फबाट ख्ष्अभ एचभकष्मभलत सौरभ राज थपलियाले हस्ताक्षर गरे ।

सिप्रदीबाट टाटाको गाडी बिक्र गर्दा एनआईसीलाई फाइनान्स पार्टनर बनाउने र बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदीबाट टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा सवारी कर्जा दिँदै आएको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक सवारी गर्ने ग्राहकले पाउँने छन् । 

बैंकले सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था गरेको छ । निजी सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी यस बैंक र सिप्रदी ट्रेडिङबीच भएको छ । 

यससँगै सवारी धितो राख्नेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved