गाडी भाडा डिजिटल भुक्तानीका लागि सिद्धार्थ बैंकले गर्यो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 06:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले सार्वजनिक यातायातको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६०ट्रान्सपोर्ट सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौतामा बैंकका सहायक महाप्रबंधकी सुरेश राज महर्जन र ३६०ट्रान्सपोर्ट सोलुसन्स्का प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका हुन् । 

कम्पनी अन्तर्गत सञ्चालनमा रहेको यातायातमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान हुने र यात्रुले स्मार्ट प्रिपेडकार्ड प्रयोग गरिे बस भाडा भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ । उक्त स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिने बैंकले जानकारी दिएको छ । परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको बैंकले जानकारी दिएको छ । उक्त सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुले भाडाका लागि खुद्रा बोक्नुपर्ने झन्जट नरहने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved