लक्ष्मी बैंक Laxmi Bank Limited को अध्यक्षमा रमण नेपाल चयन भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आज कै मितिदेखि लागु हुने गरी उनलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
उनी नागरिक लगानी कोषबाट प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । उनी २०७५ फागुन २८ मा बैंकको संचालक समिति सदस्य नियुक्त भएका थिए ।
उनी नागरिक लगानी कोषका कार्यकारी निर्देशन हुन् ।