
नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको डेढ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले रकम लगानीका लागि बैंकहरुबाट आवेदन आह्वान गरेको हो ।
बैंकले वाणिज्य बैंकमा एक अर्ब २० करोड, विकास बैंकमा २२ करोड ५० लाख र वित्त कम्पनीमा सात करोड ५० लाख रुपैयाँ मुद्दति खातामा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई के कति ब्याजदरमा कति रकम लिने हो उल्लेख गरि आवेदन दिन आग्रह गरेको छ । बैंकले तोकेको सिलबन्दी प्रस्ताव सम्बन्धी फारम भरी भदौ २३ गतेभित्र बुझाउन बैंकले भनेको छ ।
बैंकले उक्त रकम २०७८ असार २० गतेसम्म अर्थात् २९१ दिनका लागि मुद्दति खातामा लगानी गर्न लागेको हो । निम्न शर्त पुरा गरेका संस्थाले आवेदन दिन सक्ने छन् ।