सानिमा बैंकका एकै साथ २ शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 04:01:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले एकसाथ दुई वटा शाखा विस्तार गरेको छ । बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा ८१औं र ८२औं शाखा सञ्चालनमा ल्याएको हो । 

ताप्लेजुङ्गको फुङलिङ्ग नगरपालिका ५ स्थित ताप्लेजुङ्ग शाखाको उदघाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका हुन् । यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटिभि. रोडस्थित कोहलपुर शाखाको उदघाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ ।

उक्त शाखाहरु संचालनमा आएसँगै बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास रहेको बैंकले जनाएको छ । बैंकले ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएमबाट सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved