भारतबाट पठाएको रकम माछापुच्छ्रे बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 05:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंक र कम्पनीबीच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको हो ।

सम्झौतामा नेपालीहरुले ओम एक्सप्रेससंग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा पैसा पठाउन सक्ने उल्लेख गरीएको छ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रेका १५९ शाखा तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत झिक्न सकिने जनाइएको छ । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ सेवा शुल्क कम लाग्ने जनाइएको छ ।  

बैंकले १५९ वटा शाखा १३३ वटा शाखारहित बैंकिङ्ग र ५ वटा उक्सटेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved