सानीमा बैंक Sanima Bank Limited का ग्राहकले दशैंमा अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । चाड पर्वको अवसरमा बैंकले सस्तो डिलसंगको सहकार्यमा सार्वजनिक गरेको “बिग डिल एट सस्तो डिल’ योजना अन्तर्गत ग्राहकले छुट पाउने भएका हुन् ।
योजना अनुसार सस्तो डिलबाट खरिद गरिएको सामानको भुक्तानी सानिमा सजिलो ई–बैंकिङ्गप्र योगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकले जनाएको छ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फास्र्ट कम फास्र्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । योजना असोज २७ देखि कार्तिक १ गतेसम्म लागु हुने छ ।
बैंकको सातै प्रदेशबाट ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।