सिद्धार्थ बैंकले १० करोडसम्म कृषि तथा पशुपालन कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 03:26:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धर्थ बैंक Siddhartha Bank Limited  ले ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवर्दन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो योजना ल्याएको हो । 

योजना अनुसार बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवर्दन तथा विकासका लागि १० करोड रुपैयाँ कर्जा दिने भएको हो । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको जाएको छ । 

सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कर्जाको अवधि १५ वर्ष सम्मको हुने छ भने ब्याज अनुदान ५ वर्षसम्म प्राप्त हुने जनाइएको छ । 

उक्त कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved