सिटिजन्स बैंक इन्टरनेशनल Citizens Bank International Limited का ग्राहकहरुले संगम स्विटसमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले संगम स्विटसका काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
यस सम्बन्धमा सोमबार बैंक र स्विटसबीच सम्भौता भएको छ । उक्त सम्भौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आइरहेको छ ।