सनराइज बैंकको १३९औँ शाखा बाग्लुङ्गमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 06:05:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले थप शाखा विस्तार गरेको छ । बैंकले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको हो ।

बैंकले बाग्लुङ्ग नगरपालि २ मा १३९औँ शाखा विस्तार गरेको छ । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थिति रहेको थियो । 

बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द« कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved