ग्लोबल आइएमई बैंक अब मुस्ताङमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 05:19:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले मुस्ताङमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आइतबार देखि मुस्ताङ्को घरपझोङ गाउँपालिकामा शाखा संचालनमा ल्याएको हो । 

उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले २६४ शाखा सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved