रोल्पाको लिवाङ आर्मी व्यारेकमा ग्लोबल आइएमईको एटिएम सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 05:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले रोल्पाको लिवाङस्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । उक्त एटिएमको सेवा खड्ग दल गण लिबाङका प्रमुख सेनानी सुधिर के.सी.ले उद्घाटन गरे । 

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ । योसँगै  ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ । 

बैंकले हाल ७३ जिल्लामा २६४ शाखा, २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फतसेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved