
ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले ललितपुरको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नगद रहित कारोवार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरिएको जनाएको छ । बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।
बैंकले हाल २६४ शाखा, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४० एटिएम, २४४ शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा दिँदै आएको छ ।