माछापुच्छ्रेले ल्यायो आफ्नै बैंक वालेट, डाउनलोड गर्ने पहिलो हजार जनालाई १०० रुपैयाँ ब्यालेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 06:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैक Machhapuchchhre Bank Limited  ले मोवाईल वालेट “रेमिट्याप” संचालन ल्याएको छ । नेपाली वाणिज्य बैंकहरुको इतिहासमा पहिलो पटक माछापुच्छ्रे बैकले आफ्नै वालेट संचालनमा ल्याएको हो।  रेमिट्याप वालेटबाट खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने र रेमिटेन्स पठाउन तथा पाउन सकिने बैंकले जनाएको छ ।  

माछापुच्छ्रे बैंक मात्र नभई अरु बैंकका सेवाग्राहीले पनि रेमिट्याप चलाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार एप डाउनलोड गरि ग्राहक पहिचान विबरण भर्ने पहिलो १ हजार प्रयोगकर्ताले १०० रुपैंया व्यालेन्स समेत पाउने छन् । 

बैंकका अनुसार रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु समावेश छन्  । यसमा भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका नयाँ विशेषताहरु रहेको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको जनाएको छ ।  डिजीटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँ नयाँ सेवा र सुविधाहरु ल्याउने क्रममा वालेटको सुरुवात गरिएको बैंकले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved