कुमारी बैंकद्वारा ग्वार्कोका तरकारी व्यापारीलाई क्युआर कोड वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 04:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ । मोबाइलबाटै भुक्तानी सुविधा पाउन सकिने गरी बैंकले क्युआर कोड वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा ललितपूर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्युआर कोड हस्तान्तरण गरेका हुन् ।

नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै कुमारी बैंक लिमिटेडले ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन पनि ल्याएको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । 

कुमारी बैंकले हाल १९२ शाखा, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved