एनआईसी एशियाको कार्ड घोटेर शनिबारे सपिङ गर्दा ५०० फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 09:21:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले ई–कमर्श प्ल्याटफर्म मार्फत शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको बैंकले जनाएको छ। 

बैंक र सस्तोडिल बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन्। 

बैंककाअनुसार यसका लागि ग्राहकले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गर्नुभएको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्नेछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved