निफ्राले आश्रय स्थललाई आर्थिक सहयोग गरेर मनायो वार्षिक उत्सव

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 05, 2021 | 04:55:47 PM मा प्रकाशित

sarbottam cement

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो दोस्रो वार्षिक उत्सव ‘नेपाल स्नेही काख’ नामक संस्थाको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग गरी मनाएको छ। बैंकले विधिवत सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल स्नेही काख लाई तीन लाख सहयोग गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो। 

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका श्रीनेहा पोखरेल लाई हस्तान्तरण गरे। उक्त अवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ लगायतको उपस्थिति थियोे।

मानसिक एवं शारिरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवास सहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिएका छन्। बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved