राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 08:20:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख हुन् भने ढुंगाना सार्वजनिक ऋण ब्यबस्थापन विभागकी प्रमुख हुन्  । ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर समेत भएकी छिन् ।

शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद रिक्त थिए । 

यस अघि:  संसद पुनस्थापनाको असर डेपुटी गभर्नरको नियुक्तिमा, कसको सम्भावना बलियो ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved