अभियानको रुपमा अगाडी बढ्दै क्युआर कोड कार्यक्रम, देशव्यापी बनाउने गभर्नरको भनाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 07:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुरमा अवस्थित वाणिज्य बैंकहरुले ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड  हस्तान्तरण गरेका छन्।  देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा क्यूआर कोड  हस्तान्तरण भएको हो ।

सो अवसरमा प्रमुख अतिथि, प्रदेश २ का सामाजिक विकास मन्त्री, नवल किशोर साहले सबैले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिनुपर्ने बताए । यसै गरी विशिष्ठ अतिथि, गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने धारणा व्यक्त गरे । साथै, यो प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउने उनको भनाई थियो ।

 कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए । क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामा झनै उपयोगी सावित हुने उनको भनाई थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved