बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दियो ९ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 07:06:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कताको साथ साथ ब्यबसायलाई निरन्तरता दिन विभिन्न ९ बुंदे निर्देशन जारि गरेको हो ।

जस अनुसार राष्ट्र बैंकले स्वास्थ्य मापदण्डको पालना गर्न, सेवाग्राहीको भीडभाड नहुने ब्यबस्था गर्न, भौतिक दुरी कायम गर्न, यथासम्भव विद्युतीय माध्यमबाट सेवा दिन निर्देशन दिएको छ । त्यस्तै एटिएम बुथको ढोका खुला राख्न, स्यानीटाईजर र टिस्युको ब्यबस्था गर्न पनि निर्देशन दिएको छ ।

तालिम , बैठक, सेमिनार लगायतका कार्य भर्चुअल माध्यमबाट गर्न , कर्मचारीलाई सम्भव भएसम्म घरबाट नै काम गराउन, सिफ्टको ब्यबस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्मचारीलाई कोरोनाको संक्रमणको संका लागेमा परिक्षण गर्न, संक्रमण देखिएमा आईसोलेसनमा बस्न र कन्ट्याक्ट ट्रेसिंगमा परेकालाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।

हेर्नुस निर्देशन : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved