एनआईसी बैंकले सार्वजनिक गर्यो नगद फिर्ता सहितको आकर्षक योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 09:59:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited ले कोरोना महामारीका कारण गरीएको निधेषाज्ञालाई मध्यनजर गर्दै ग्राहकहरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं,मोबाईल बैंक गरौं’ भन्ने योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप प्रयोगकर्ताले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता (Cashback) प्राप्त गर्न सक्ने र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने बैंकले जनाएको छ ।

 ग्राहकले NIC ASIA MoBank  प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking  आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्ने बैंकले जनाएको छ । 

 बैंकले डिजिटल कारोबारमा बढि भन्दा बढी ग्राहक महानुभावहरूलाई सहभागी गराउनका लागि प्रवद्र्धन गर्न बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम रू. २५० सम्म तथा iServe मार्फत मोबाइल बैंकिङ्ग दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म नगद फिर्ताको योजना कार्यान्वयन गरिरहेको जनाएको छ । 

साथै, प्रत्येक हप्ता सुपर सिक्स योजना अन्तर्गत ग्राहक महानुभावहरूले NIC ASIA MoBank एपबाट QR कोड स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत  वा अधिकतम रू. ५०० सम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved