धितो लिलाममा नयाँ ब्यबस्था, ऋणीलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 03:54:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणीको धितो लिलाम गर्ने प्रक्रियामा  कडाई गरेको छ  । राष्ट्र बैंकले आर्थिक वर्ष  २०७७÷७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै निषेधाज्ञाको अवधिमा धितो लिलाममा कडाई गरेको हो  ।

जस अनुसार अब निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न पाउने छैन ।

समिक्षामा भनिएको छ 'कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइने छ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved