बैंकले खोल्न पाउने शाखाको कोटा तोकियो, कुनमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 01:15:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर काठमाडौँ उपत्यकामा वित्तीय सेवा प्रदान गर्न शाखाको कोटा तोकेको छ । राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरी उक्त कोटा तोकेको हो । 

यस अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले काठमाडौँ जिल्लका ३ वटा, ललितपुरका २ वटा र भक्तपुरको १ वटा मात्र शाखा आलोपालो गरी सञ्चालन गर्नु पर्नेछ । 

त्यस्तै ‘ख’ वर्गका विकास बैंकले काठमाडौँ जिल्लका २ वटा, ललितपुरका १ वटा र भक्तपुरको १ वटा मात्र शाखा आलोपालो गरी सञ्चालन गर्नु पर्ने हुन्छ । साथै ‘ग’ वर्गका वित्त कम्पनीले भने काठमाडौँ, ललितपुरका र भक्तपुर जिल्लामा केवल १ वटा मात्र शाखा आलोपालो गरी सञ्चालन गर्नु पर्नेछ । 

त्यस्तै बैशाख १९ को निर्देशनबमोजिम संस्थाका केन्द्रीय कार्यलय सञ्चालन गर्न र अत्यावश्यक बैंकिंग सेवाको लागि बन्द रहेका शाखाका सम्पर्क व्यक्तिको नंम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुल्ला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved