मर्जरपछि सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 09:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले सिर्जना फाइनान्स Srijana Finance Limited  लाई प्राप्ति गरेपछि असार २६ गतेबाट एकिकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ । 

जेठ २७ बसेको दुवै स्नास्थाको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले असार १५ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएपछि र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट असार २६ देखि एकिकृत वित्तीय कारोबार सुरु गर्न लागेको हो । एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २५ गते बेलुका ५ बजेदेखि असार २६ गते असार २६ सम्म दुवै संस्थाले  प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द रहने बैंकले जनाएको छ । उक्त अवधिमा एटिएम, मोबाइल बैंकिंग, अनलाइन बैंकिंग, डेबिट कार्ड, होलिडे काउन्टर, मध्यकालिन काउन्टर लगायत सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।  

 दुवैले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउने गरि सम्झौता भएको हो । बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved