युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले सुरु गर्यो एकीकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 01:36:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

एकिकृत कारोबार सुरु गर्दै नबिलका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्नेमा विश्वस्त रहेका बताए ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड भएको छ। साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ भएको छ भने एटिएम संख्या १८३ भएको छ। त्यस्तै निक्षेप २१६ अर्ब र कर्जा २०१ अर्ब पुगेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved