कैलालीको खानीडाँडामा सनराइजको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 05:50:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सुदुरपश्चिमको कैलालीस्थित चुरे गाउँपालिका ५, खानीडाँडामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको ८४ औँ शाखारहित बैंकिङ सेवा हो ।

बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायी कविता जि.शी भाटलाई व्यावसायिक प्रतिनिधिका रुपमा  नियुक्त गरेको छ । 

शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

गत हप्ता बैंकले नुवाकोटको विदुर नगरपालिका १२ गौरीबेशीमा पनि शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको थियो 

बैंकले हाल १३९ शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved