यी बैंक तथा वित्तीय संस्थाको फाइनान्सियल रिपोर्ट उत्कृष्ट ठहर, आईक्यानबाट पाए अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 06:22:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई सम्मान गरेको छ । आईक्यानले आज आइतबार उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो ।

आईक्यानले विभिन्न ५ विधामा यो अवार्ड प्रदान गरेको हो । बैंकिङ सेक्टर, फाइनान्सियल सेक्टर, इन्स्योरेन्स सेक्टर, इन्स्योरेन्स सेक्टर, पब्लिक सेक्टर इन्टिटि र जनरल सेक्टर विधामा अवार्ड प्रदान गरिएको हो । 

जस अनुसार बैंकिङ सेक्टरको अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाएको छ भने नेपाल एसबिआई बैंक दोस्रो उत्कृष्ट भएको छ । त्यस्तै फाइनान्सियल सेक्टरको  अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ भने लुम्बिनी विकास बैंक दोस्रो भएको छ । पब्लिक सेक्टर इन्टिटिको अवार्ड नेपाल दूरसञ्चार प्राधिकरणले पाएको छ ।  जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ भने चिलिमे हाइड्रो र एनएनसीएचएल संयुक्त रुपमा दोस्रो उत्कृष्टमा पर्न सफल भएका छन् । इन्स्योरेन्स सेक्टरमा भने कुनै पनि कम्पनीको तोकिएको अंक नपुगेकोले कसैले अवार्ड नपाएको आईक्यानले जनाएको छ ।  

आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved