गत साता यस वर्ष कै धेरै कर्जा प्रवाह, ३७ अर्ब निक्षेप थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 05:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता यस आर्थिक वर्ष कै धेरै कर्जा प्रवाह भएको छ  ।  बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार एक सातामा ४१ अर्ब २२ करोड कर्जा प्रवाह भएको हो ।

असोज १६ गतेदेखि २२ गतेसम्मको अवधिमा सो बराबरको कर्जा प्रवाह भएको हो । अघिल्लो साता कर्जा लगानी ३९ अर्बले बढेर नयाँ रेकर्ड बनाएकोमा गत साता ४१ अर्ब बढी कर्जा लगानी भएपछि अघिल्लो साताको ३९ अर्बको रेकर्ड समेत तोडिएको हो । एनबिएका अनुसार यस अवधिमा ३७ अर्ब ३४ करोड निक्षेप संलकन भएको हो । 

असोज २२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब रहेको छ भने कर्जा प्रवाह ३९ खर्ब ८३ अर्ब रहेको छ । अघिल्लो साता अर्थात असोज १५  गतेसम्म बैंकहरुले ४२ खर्ब १८ अर्ब निक्षेप संकलन गरि ३९ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved