विजया दशमीको दिनमा ग्लोबल आइएमई बैंकको क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2021 | 06:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेडले हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा क्यासब्याक योजना ल्याएको छ। दशैंको शुभअवसरमा शुभकामना व्यक्त गर्दै यो योजना ल्याईएको बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन् असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAIN DAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउने बैंकले जनाएको छ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved