
सिटिजन्स बैंक Citizens Bank International Limited ले महोत्तरीको बलवा नगरपालिका, पडौलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको ८७ औँ शाखारहित बैंकिङ्ग सेवा हो ।
उक्त सेवा संचालनका लागि स्थानीय व्यवसायी सरोज कुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।