आरटिजीएस प्रणालीमा थप ७ संस्था आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 12:59:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकको आरटिजीएस प्रणालीमा थप ७ संस्था आवद्द भएका छन् । आज पुस १ गतेदेखि लागु हुने गरि १ विकास बैंक र ६ फाइनान्स गरि ७ संस्था डाइरेक्ट पार्टीसिपेन्टको रुपमा आवद्द भएको राष्ट्र बैंकले जनाएको छ  ।

राष्ट्र बैंकका अनुसार आजबाट सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, र  रिलायन्स फाइनान्स आरटिजीएस प्रणालीमा आवद्द भएका हुन् ।  

आरटीजीएस  भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ । र्सवसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved