यी हुन् राष्ट बैंकले आयातमा कडाई गरेका वस्तु, गाडी, कस्मेटिक सामान, रक्सिदेखि पानीसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 06:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वस्तुको आयातमा कडाई गरेको छ ।  ऋणको ठूलो हिस्सा आयातको लागि प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेपछि राष्ट्र बैंकले आयातमा कडाई गरेको हो ।  

राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन त्तहा २ प्रकारका सामान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ। अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यबस्था गर्नु पर्ने छ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।  

उल्लिखित मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/कल निक्षेप खाता खर्च (Debit) गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । मार्जिन रकममा व्याज प्रदान गर्न पाइने छैन । मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह (स्वेदशी मुद्रामा समेत) गर्न पाइने छैन । यस्तो मार्जिन रकम  धरौटीको अतिरिक्त हुनेछ। राष्ट्र बैंकले तोकेका वस्तुहरु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ र आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ। नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा यो व्यवस्था लागू हुने छैन । 

साथै उद्योगहरुले आफ्नै प्रयोजनका लागि आफैले आयात गर्ने कच्चा पदार्थको हकमा लागू हुने छैन। औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा लागू हुने छैन । यस सम्बन्धमा आयातकर्ताबाट सोको स्वःघोषणा अनिवार्य रुपमा लिनु पर्नेछ ।

राष्ट्र बैंकले हर्मोनिक कोड अनुसार आयातमा कडाई गरेका सुची सार्वजनिक गरेको छ  । 

हेर्नुस राष्ट्र बैंकले आयातमा कडाई गरेको समानको सुची : 

ल्वाङ

चुइगम 

चकलेट 

शखर

चिनी

ग्लुकोज 

ल्याक्टोज

मिनरल वाटर 

अल्कोहल नभएको बियर 

इनर्जी ड्रिंक

जौको बियर 

अन्य बियर 

वाइनसाइडर

अल्कोहलजन्य अन्य पदार्थ 

व्हिस्की, रम, भोड्का , भिनेगर, 

टोब्याको 

चुरोट

हुक्का फ्लेभर 

परफ्युम 

मेक अप सामग्री 

पाउडर 

फेस क्रिम 

पालिस 

लोसन 

सौदर्य समबन्धि सामग्री 

श्याम्पू 

कपालमा लगाउने तेल 

कपाल रंग्याउने सामग्री 

धुप 

कस्मेटिक सामग्री 

काठ तथा काठबाट बनेका सामग्री

टुथ पिक 

क्लोथ ह्यांगर 

सलाईको काँटी 

 जुत्ता चप्पल 

क्याप टोपी

टाउकोको सुरक्षामा लगाईने टोपी, 

छाता 

टेक्ने लौरो , 

कृतिम फूलहरु 

नक्कली कपाल, दारी, जुँगा , आँखी भौ 

टायल 

मार्बल 

ढुंगाबाट बनेका सजावट सामग्री 

इट्टा, ब्लक ग्रेफाइटका सामग्री 

सेरामिक सामग्री 

ग्लास तथा ग्लासबाट बनेका सामग्री 

बोतल, थर्मस 

चाँदी, चाँदीको धुलो, चाँदीबाट बनेका सामग्री 

३ पांग्रे रिक्सा, हजार सिसिभन्दा बढीका गाडी, 

एम्बुलेन्स, सब बहान , 

मोटरसाइकल , साइकल 

मेटल तथा मेटलबाट बनेका सामग्री (अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने बाहेक) 

काठका फर्निचर , प्लास्टिकका फर्निचर, बाँसका फर्निचर, अन्य सामग्रीका फर्निचर 

खेल्ने तास 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved