सिटिजन्स बैंकका ग्राहकलाई चितवनको सिराइचुली होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 02:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले नारायणगढ चितवनस्थित सिराइचुली होटलमा छुट पाउने भएका छन् । 

बैंक र होटलबीच सम्झौता भएसँगै सिटिजन्स बैंकको कार्डबाहक ग्राहकले सिराइचुली होटलमा सेवा लिँदा छुट पाउने भएका हुन् । 

सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले हाल १७४ वटा शाखा,  १२३  वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved