ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 05:29:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार पौष १६ गते ७ वटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश १ को तिनपैनी शाखा (विराटनगर), प्रदेश २ को लाहान शाखा (सिराहा), वाग्मती प्रदेशको कान्तिपथ शाखा (काठमाडौँ), गण्डकी प्रदेशको न्यूरोड शाखा (पोखरा), लुम्बिनी प्रदेशको मिलनचोक शाखा (बुटवल), कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर धनगढीमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ ।

बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved