बिओकेले ल्यायो 'स्मार्ट सेभिङ एकाउन्ट', यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 01:25:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले 'स्मार्ट सेभिङ एकाउन्ट' योजना सार्वजनिक गरेको छ ।  यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, BOK e-com Dollar Card जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त बचत खाता  अनलाइनको माध्यमबाट पनि खाता खोल्न सकिने छ।  थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved