सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा भटौलिया बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 03:51:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा यहि पौष १६, गतेबाट ९० ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी  नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंकले  १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ८० हजार  ग्राहकलाइ सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved