बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 03:05:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउने छन् । ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  

बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved