सिटिजन्स बैंकद्वारा कल सेन्टर सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 04:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले कल सेन्टर सेवा संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् ।

ग्राहकहरूल फोन गरी तथा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन् । हालका लागी यो सेवा ८ घण्टाको लागी आरम्भ गरिएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ ।

सिटिजन्स बैंकले नगद रहित बंैकिङ्ग, व्यक्तिको उपस्थित बिनाको बैकिङ्ग, प्रणालिको स्व संचालनतर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए । 

बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved