बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद बिक्रि गर्न राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 05:43:41 PM मा प्रकाशित

laxmi sunrise bank

हाल कायम संस्थापक शेयरधनीले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद बिक्रि गर्न राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै यस्तो ब्यबस्था गरेको हो 

जस अनुसार अब कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढीे संस्थापक शेयर धारण गर्ने वा गरेका शेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर खरिद÷बिक्री गर्नुपूर्व अनिवार्य रुपमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ । 

यस अघि यस्तो ब्यबस्था थिएन । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले गरेको ब्यबस्था कार्यन्वयनको लागि सर्कुलर जारी गर्ने क्रममा राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो । 

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विभिन्न कर्जाको जोखिम भार बढाएको छ ।  जस अनुसार राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा बढाएको छ । जस अनुसार अब व्यक्तिगत ओभरड्राफ्ट कर्जाको जोखिम भार १५० प्रतिशत, व्यक्तिगत हायर पर्चेज कर्जा तथा ब्यतिगत अटो लोनको जोखिम भार १५० प्रतिशत, रियल स्टेट कर्जा तथा  जग्गा प्लटिङसम्बन्धी कर्जाको जोखिम भार १५० प्रतिशत र मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ । त्यस्तै ट्रष्ट रिसिट कर्जाको जोखिम भार १२० प्रतिशत कायम गरिएको छ  । यो ब्यबस्था २०७९ साल असार महिनादेखि लागु हुने छ । यस अघि  मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १०० प्रतिशत रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved