एनसीसी बैंकका ग्राहकलाई नारायणी सामुदयिक अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 04:29:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) का ग्राहकले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा विशेष छुट पाउने भएका छन् ।   बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा बैंक र अस्पतालबीच द्विपक्षीय सम्झौता भएको छ । 

बैंकका अनुसार यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि,  सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ । 

 बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved