बैंक अफ काठमाण्डूले दमक नगरपालिका ५, दमकमा शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।