सानिमा बैंकको शाखा चितवनको टाँडीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 04:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले चितवनको टाँडीमा शाखा स्थापना गरेको छ । 

उक्त शाखाको बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बैंकका संचालक डा.केशव प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

शाखाको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सानिमा बंैकले हाल १२६ कार्यालय र ११४ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved