थप ८ विकास बैंक र २ फाइनान्स आरटीजीएस प्रणालीमा आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 04:15:35 PM मा प्रकाशित

laxmi  sunrise bank

थप १० वटा वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्द भएका छन् । आज चैत्र २५ गते शुक्रबारदेखि ८ विकास बैंक र २ फाइनान्स कम्पनी गरि कुल १० कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएका हुन्।

डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द हुनेमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स रहेका छन् । 

 आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ ।  सर्वसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved