सेञ्चुरी बैंकले एकै दिन खोल्यो ३ नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 01:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखाहरुको उद्घाटन गरेका हुन्। 

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

 २०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।    

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved