डिजिटल मुद्रा चलाउने तयारी भईरहेको छ : डेपुटी गभर्नर मिश्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 06:43:06 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने तयारी गरिरहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै मिश्रले डिजिटल मुद्रा चलाउने बाटोमा राष्ट्र बैंक गएको बताएका हुन्।

उनले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताए । उनले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताए । अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको मिश्रले  बताए  । उनले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताए । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने मिश्रको भनाइ छ । उनले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताए। पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाली नोटलाई चलनचल्तीका ल्याउने उद्देश्यका साथ स्थापना भएको नेपाल राष्ट्र बैंक अहिले भौतिक मुद्रा विस्थापन गरी डिजिटल करेन्सी चलाउनु पर्ने स्थिति तर्फ अग्रसर भएको छ । हाम्रा खाना, हाम्रा नाना र हाम्रो छाना सबै आयातित हुनुको परिपक्षमा बाह्य क्षेत्रमा दबाब देखिएको छ । दबाब कम गर्न राष्ट्र बैंक लागेको छ । अर्थतन्त्रको आवश्यकता बमोजिक केन्द्रिय बैंकको कहिले लचिलो त कहिले कसिलो हुनु पर्ने हुन्छ । बैंकले सोही बमोजिमको भूमिका निर्वाह गरिरहेको छ । कोभिडका बेला केही बैंक लचिलो भयो । अहिले कसिलो बन्नु पर्ने स्थिति छ । हाम्रो हरेक क्रियाकलाप पद्धति अनुसार सञ्चालन हुन्छन् । हुनुपर्छ । जसको प्रभाव प्रणालीमा पर्छ।’

कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved