राजनीतिक घोचपेचमै उत्रिए राष्ट्र बैंकका कर्मचारी, अर्थसचिव मरासिनीमाथि लगाए गम्भीर आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 10:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले अर्थसचिव मधु मरासिनीमाथि गम्भीर आरोप लगाएका छन्। राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा बोल्ने क्रममा राष्ट्र बैंकका तिनवटै कर्मचारी संगठनका नेताहरुले अर्थसचिव मरासिनीले सूचना चुहाएको आरोप लगाएका हुन्। 

राष्ट्र बैंकका कर्मचारी संगठनका नेताहरुले अर्थसचिव मधु मरासिनीमाथि राष्ट्र बैंक भित्रको आन्तरिक गतिविधि तथा गभर्नरविरुद्धको सूचना संकलन गरी मिडिया बाजी गरेको आरोप लगाएका हुन्।  

उनीहरुले मरासिनीमाथि राष्ट्र बैंकको संचालक समितिमा बसेर राष्ट्र बैंक बैंककै बिरुद्दमा मिडियाबाजी गरेको तथा गलत हल्ला फिजाएको आरोप लगाएका हुन्। 

राष्ट्र बैंक कर्मचारीका संघका अध्यक्ष रुद्र तिम्सिनाले गभर्नरलाई कपोकल्पित र निराधार आरोप लगाएर चलिरहेको प्रणालीलाई अराजकतातर्फ धकेल्ने, प्रणालीलाई ध्वस्त पार्ने काम गरेको आरोप लगाएका हुन्। 

तिम्सिनाले अर्थसचिव मरासिनी मात्र नभई राष्ट्र बैंक भित्रकै अरु केहि कर्मचारीहरु पनि गभर्नर बिरुद्द मिडियाबाजी गर्न लागि परेको आरोप लगाए।

'सञ्चालक समितिमा बसेर राष्ट्र बैंककै विरुद्धमा गलत अफवाह फैलाउने काम भएको छ, यो काममा राष्ट्र बैंककै केहि कर्मचारीहरु समेत मिलेका छन्' तिम्सिनाले भने। 

तिम्सिनाले तिलक रावल गभर्नर रहेका बेला राष्ट्र बैंकमाथि प्रहारको इतिहास भोगेको बताउँदै यस पटक पनि इतिहास दोहोरिने र गभर्नर महाप्रसाद अधिकारिको पक्षमा अदालतको फैसला आउनेमा बिश्वास व्यक्त गरे। 

नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक अध्यक्ष राजिव शर्मा रेग्मीले पछिल्लो घटनाक्रमले आफुहरु दुखि भएको बताउदै  पछिल्लो पटकको सर्वोच्च अदालतको फैसला गभर्नर र राष्ट्र बैंकको जित भएको जिकिर गरे। 

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक अध्यक्ष रेशमबहादुर बल्छौँडीले सरकारलाई राष्ट्र बैंकले सहयोग गरेपनि सरकारले राष्ट्र बैंकलाई बिश्वास नगरेको बताए। उनले राष्ट्र बैंककै कर्मचारी स्वायत्तताको पक्षमा नरहेको र केहि कर्मचारी सरकारसंग मिलेर राष्ट्र बैंकको स्वायत्त सिध्याउन लागि परेको आरोप लगाए। 

गभर्नर महाप्रसाद अधिकारीले यो कठिन घडीमा आफुलाई पूर्ण साथ सहयोग गरेको भन्दै तीनवटै कर्मचारी संगठनप्रति आभार प्रकट गर्दै धन्यबाद व्यक्त गरे। गभर्नर महाप्रसाद अधिकारि तथा तीनवटै कर्मचारी संगठनका नेताहरु बोल्न अगाडी नै अर्थसचिव मंच छाडेर फर्कीसकेका थिए।

बार्षिकोत्सव कार्यक्रममा पनि राष्ट्र बैंकका कर्मचारीहरुले देशको अर्थतन्त्र र बैंकिंङ अवस्था भन्दा बढी राजनीतिक खिचातानी र घोचपेचलाई बढी प्राथमिकता दिएर सम्बोधन गरेका थिए।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved