राष्ट्र बैंकद्वारा वालेट कारोबारमा कडाई, ३ वटा नयाँ ब्यबस्था थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 02:26:10 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले वालेट कारोबारमा कडाई गरेको छ । राष्ट बैंकको भुक्तानी प्रणाली विभागले एकिकृत निर्देशिकामा संशोधन गर्दै केहि नयाँ ब्यबस्था गरेको हो  ।

जस अनुसार अब क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने भएको छ। सामान्यतया क्रेडिट कार्डवाट नगद कारोवार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० (दश) प्रतिशतसम्म नगद झिक्न वाधा पुगेको मानिने छैन भन्ने राष्ट्र बैंकको ब्यबस्था छ। 

त्यस्तै विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा “पेशगरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला” भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नु पर्ने भएको छ।  विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved